भानु जयन्तीको अवसरमा सार्वजनिक विदा
![](https://www.tukhabar.com/wp-content/uploads/2020/03/Sarbajanik-bida.jpeg)
गण्डकी । गण्डकी प्रदेश सरकारले भानु जयन्तीका अवसरमा सार्वजनिक विदा दिएको छ ।
गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै यही असार २९ गते भानु जयन्तीका अवसरमा विदा दिने जानकारी गराएको हो ।
मन्त्रालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत्र ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक विदा सम्बन्धी २०८० असार २९ गते शुक्रबार भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक विदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”