कोरम नपुगेपछि पूर्वाधार विकास समितिको बैठक स्थगित
काठमाडौं । बिहीबारका लागि बोलाइएको संसदीय समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको पूर्वाधार विकास समितिको बैठक स्थगित भएको हो ।
सो बैठकमा मेलम्ची खानेपानी आयोजनाका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो । तर, समिति संचालनका लागि आवश्यक पर्ने सदस्य नै अनुपस्थित भएपछि समितिको बैठक बस्न स्थगित भएको हो ।
समितिको बैठक बस्न समितिमा रहेका कुल सदस्यमध्ये ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । यसअनुसार पूर्वाधार समितिको बैठक बस्न १४ जना सांसद आवश्यक पर्दंछ ।