सवा करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित ४ जनालाई पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण ४,बिहीबार ०८:५६

काठमाडौँ । प्रहरीले सवा करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित ४ जनालाई पक्राउ गरेको छ ।

बुधबार राति काठमाडौं त्रिभुवन विमानस्थल हुँदै दुबई जान लागेका सन्तोष पन्थी, दिपेश राना, अनिस थापा र सूर्यमणि भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका थिए ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न देशका मुद्रा बरामद गरेको हो । बरामद भएको विदेशी मुद्रा र पक्राउ परका व्यक्तिहरुलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाइने नेपाल प्रहरीका प्रूवक्ता कुवेर कडायतले जानकारी दिएका छन् ।

प्रहरी स्रोतका अनुसार करिब ४१ हजार ४०० अमेरिकी डलर, १ लाख १९ हजार ५०० साउदी रियाल, १३ सय ओमानी रियाल र बहरानी दिनारका ४८८ विदेशी मुद्रा बरामद गरिएको हो ।