मकवानपुरमा ६८ प्रतिशत रोपाइँ सकियो

हेटौंडा । मकवानपुरमा यो वर्ष धान रोपाइँमा केही ढिलाई भएको छ । साउन ५ गतेसम्ममा ६८ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको बागमती प्रदेश कृषि निर्देशनालयले जनाएको छ ।
त्यस्तै बागमती प्रदेशको १३ वटा जिल्लामा ७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको पनि निर्देशनालयले जनाएको छ ।
प्रदेशको रामेछाप र धादिङ जिल्लाको विकट गाउँहरुमा वर्षाको पानी (आकाशे पानी) बाट रोपाइँ गर्नुपर्ने बाध्यता भएकाले केही ढिलाई भएको कृषि निर्देशनालयका सूचना अधिकारी राजनप्रसाद चौलागाईले जानकारी दिए ।
प्रदेश कृषि निर्देशनालयका अनुसार भक्तपुरमा ९४ प्रतिशत, काठमाडौँमा ९३ प्रतिशत, दोलखामा ७६.६ प्रतिशत, ललितपुरमा ८७ प्रतिशत, काभ्रेमा ७४ं.४ प्रतिशत, सिन्धुलीमा ७० प्रतिशत, सिन्धुपाल्चोक ७१.९ प्रतिशत, मकवानपुरमा ६८ प्रतिशत, चितवनमा ८२ प्रतिशत, नुवाकोटमा ७२ प्रतिशत, रसुवामा ८६ प्रतिशत, रामेछापमा ४४.५ प्रतिशत र धादिङमा ५१ प्रतिशत रोपाइँं सम्पन्न भएको छ ।