मंगलबार शेयर बजारमा गिरावट

तु खबर संवाददाता
२०८० श्रावण ९,मंगलवार १५:५८

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से सूचकांक ३६.१९ अंकले घटेर २१६४ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २६७ कम्पनीहरुको ७७ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९१ करोड ७ लाख माथिको कारोबार भएको छ ।

आज नेप्से घटेसँगै १२ उपसूचकहरुमा रातो पोतिएको छ भने एकमात्र होटल तथा पर्यटन उपसूचमा १.२२ प्रतिशतको वृद्धि आएको छ । आज बैंकिङ उपसूचक सर्वाधिक २.७५ प्रतिशतले घटेको छ भने दोस्रोमा विकास बैंक उपसूचक २.०८ प्रतिशतले घटेको छ ।