खुल्यो कोरियन भाषा परीक्षाको आवेदन
काठमाडौँ । कोरियन परीक्षाका लागि आवेदन माग भएको छ । इपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन माग गरेको हो ।
आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रुपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न भाषा परीक्षा सञ्चालन गर्न लागिएको जनाएको छ ।
नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ ।
यही साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले हुनुपर्ने जारी सूचनामा उल्लेख छ ।