बामगती प्रदेशमा चालु आवमा पाँच वटा प्रहरी भवन निर्माण हुने
![](https://www.tukhabar.com/wp-content/uploads/2021/12/aantarik-mamila-tatha-kanun.jpg)
मकवानपुर । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालु आर्थिक वर्षमा प्रहरीका लागि पाँच वटा भवन निर्माण हुने भएको छ । प्रदेश प्रहरी कार्यालय अन्तर्गत प्रदेश प्रहरी कार्यालय अन्तर्गत विभिन्न स्थानका प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भवन निर्माण हुने भएको हो ।
प्रदेशको चार जिल्लाका विभिन्न पाँच स्थानमा ६ करोड ४४ लाख ६५ हजार लागतमा पाँच वटा प्रहरी भवन निर्माण गर्ने लक्ष्य रहेको सो मन्त्रालयका सूचना अधिकारी सुरेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार, प्रदेशको मकवानपुर, चितवन, सिन्धुली र रामेछाप जिल्लामा परी पाँच वटा प्रहरीका लागि भवन निर्माण गरिने भएको हो ।
चालु आवमा ९७ लाख ३३ हजार रुपियाँ लागतमा चितवनको रत्ननगर टाँडी, ८४ लाख २२ हजार रुपियाँमा मकवानपुर जिल्ला प्रहरी कार्यालयमा महिला ब्यारेक भवन, एक करोड ९८ लाख लागतमा मकवानपुरगढीमा इलाका प्रहरी कार्यालय, एक करोड ३३ लाख लागतमा सिन्धुली–४, खाङसाङ फिक्कलमा प्रहरी चौकी भवन र एक करोड ३२ लाख रुपियाँको लागतमा रामेछापमा जिल्ला ट्राफिक कार्यालय भवन निर्माण हुने भएको सूचना अधिकारी कार्कीले बताए ।
प्रदेशमा हालसम्म प्रहरीका लागि ४९ वटा भवन निर्माण सम्पन्न गरिसकेको छ भने १८ भवन निर्माणाधीन अवस्थामा रहेका छन् । प्रदेश प्रहरी कार्यालय अन्तर्गत विभिन्न स्थानका प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो ।