विराटनगरमा हतियार प्रहारबाट एक जना घाइते
विराटनगर । विराटनगरमा हतियार प्रहारबाट सोमबार दिउँसो एक जना घाइते भएका छन् । विराटनगर महानगरपालिका– १० सन्सारीमाइस्थान नजिकै एक युवकमाथि तरबार प्रहार भएको हो ।
तरबार प्रहारबाट घाइते हुनेमा विराटनगर महानगरपालिका–८ का २२ वर्षीय मोहमद हलिम रहेका छन् । सन्सारीमाईस्थानबाट पूर्वतर्फ उनीमाथि दिउँसो तरबारले प्रहार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, तरबार प्रहारबाट हलिमको दुवै हातमा गहिरो चोट लागेको छ । उपचारका लागि उनलाई सुरुमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । न्यूरोले थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ ।
उनीमाथि विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायतका तीन जनाले तरबार हानेको प्रहरीले बताएको छ । हाल उनीहरु फरार रहेका छन् । उनीहरुको खोजीकार्य गर्नुका साथै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।