यातायात कार्यालय हेटौंडाद्वारा ३४ करोड ८९ लाख राजस्व संकलन

तु खबर संवाददाता
२०८० श्रावण ३०,मंगलवार ०९:३८
file-photo

मकवानपुर । बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय हेटौंडाले एक वर्षको अवधिमा ३४ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तरगत पर्ने उक्त कार्यालयले गत आर्थिक वर्ष २०७९–०८० मा सवारी साधन करबाट ३४ करोड ८९ लाख ३३ हजार ९४५ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका सुचना अधिकारी एंव अधिकृत राजु अर्यालले जानकारी दिए ।

यो रकम आर्थिक वर्ष ०७८–०७९ भन्दा करीब एक करोडले कम हो । आव ०७८-०७९ मा सवारी साधन करबाट ३५ करोड ५२ लाख १८ हजार २ सय २८ रुपैयाँ संकलन भएको थियो ।

सवारी साधन नवीकरण र जरिवानामा आव ०७८-०७९ मा १२ करोड १३ लाख ८८ हजार ४०६ रुपैयाँ संकलन गरिएकोमा गत वर्ष ११ करोड ३५ लाख ३१ हजार ५२१ रुपैयाँ मात्रै संकलन गरिएको अर्यालले बताए ।

यस्तै, यातायात क्षेत्रको आम्दानी आव ०७८-०७९ मा ९ करोड ३ लाख १६ हजार २९० भएकोमा आव ०७९-०८० मा भने ८ करोड ७४ लाख ५६ हजार ६६० भएको अर्यालले बताए ।