सामाजिक सुरक्षा कोष र भीमफेदी गाउँपालिकाबीच सम्झौता
मकवानपुर । अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन मंगलबार सामाजिक सुरक्षा कोष र भीमफेदी गाउँपालिकाबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद ज्ञवाली र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले हस्ताक्षर गरेका छन् ।
गाउँपालिकाले गाउँसभाबाटै स्वीकृत गरेको कार्यक्रमले आज पूर्णता पाएको बताउँदै गाउँपालिकाका अध्यक्ष लामाले चालु आर्थिक वर्षमा गाउँपालिकामा बसोबास गर्ने १ सय जना अनौपचारिक तथा स्वरोजगार श्रमिकहरुलाई सो कार्यक्रममा समेटिने जानकारी दिए ।
सुरुवाती अवस्थामा घरेलु तथा कृषि क्षेत्रमा काम गर्ने श्रमिक निर्माण क्षेत्र र यातायात क्षेत्रमा काम गर्ने श्रमिकलगायतलाई आवद्ध गराउने योजना रहेको उनको भनाई छ ।
सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने, श्रमिकलाई पारिश्रमिकको ९.३७ प्रतिशत रकम थप गरी कोषमा जम्मा गरिनेछ ।