हिमाल आरोहण शुल्क बढाउने तयारी

तु खबर संवाददाता
२०८० श्रावण ३१,बुधबार ०७:५६
file photo

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा लाग्ने शुल्क बढाउने तयारी गरिएको छ ।

सगरमाथा आरोहण गर्न वसन्त ऋतु (स्प्रिङ सिजन) मा विदेशी नागरिकका लागि ११ सय अमेरिकी डलर लिँदै आएकोमा ३ सय डलर बढाएर १५ सय अमेरिकी डलर आरोहण शुल्क लिने गरी कानुनी प्रवन्ध गर्न लागिएको छ ।

विभागका महानिर्देशक लुइँटेलका अनुसार पर्वतारोहण सम्बन्धी (छौटौ संशोधन) नियमावली, २०५९ लाई संशोधन गर्न लागिएको छ । सन् २०१५ जनवरी १ देखि कायम भएको हिमाल आरोहण अनुमति शुल्क विभागले ९ वर्षपछि परिवर्तन गर्न लागेको हो ।

विभागले सगरमाथालगायत अन्य हिमालहरूको आरोहणमा लाग्ने अनुमति शुल्क बढाउने निर्णय गरेको महानिर्देशक लुइँटेलले जानकारी दिए ।