ललिता निवास प्रकरण : पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईको बयान लिने तयारी
तु खबर संवाददाता
२०८० श्रावण ३१,बुधबार ०९:५४
file-photo
काठमाडौं । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले दुई जना पूर्व प्रधानमन्त्रीको बयान लिने तयारी गरेको छ ।
सिआईबीले उक्त प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईको बयान लिने तयारी गरेको हो ।