सुन तस्करी प्रकरणः थप दुई जना चिनियाँ नागरिक पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र १,शुक्रबार ०८:१५

काठमाडौँ । ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिकहरु रहेको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरुलाई गएराति काठमाडौंबाट पक्राउ गरिएको हो ।

साउन ३१ मा सिआईबीले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार पक्राउ परेका टीयान मि र वेन तोङ दम्पति हुन् ।

उनिहरुले ठमेलमा ‘केटीबी’ नामको रेष्टुरेण्ट संचालन गरेका छन् । डिङ सेग्फा र ली–नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाडीमा सुन ओसार्ने काममा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ ।

सुन तस्करीमा संलग्न आरोपमा तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, तिब्बत मुलका बेल्जियन नागरिक दावा छिरिङसहित २१ जना यसअघि पक्राउ परेका थिए ।

थप दुई जनालाई पक्राउ गरेसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।