मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढ्यो

तु खबर संवाददाता
२०८० भाद्र १,शुक्रबार १७:१५
file photo

काठमाडौं । पछिल्लो समय मोबाइल बैंकिङको प्रयोग संख्या बढ्दो छ । नेपाल राष्ट्र बैंकका अनुसार, गत आर्थिक वर्ष मात्र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या २ लाख ७० हजारले बढेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म १ करोड ८३ लाख ७ हजार २५५ रहेको मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म आइपुग्दा २ करोड १३ लाख ६३ हजार ९९८ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्यामा वृद्धि भएसँगै यता कारोबारमा समेत बढेको भएको छ । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा मोबाइल बैंकिङ कारोबार ४३ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ ।

यसैगरी इन्टरनेट बैंकिङमार्फत १५ अर्ब ५० करोड २० लाख रुपैयाँ, एटीएममार्फत डेबिट/क्रेडिट कार्डमार्फत क्रमशः ९० अर्ब ५४ करोड १० लाख र १ अर्ब ८३ करोड रुपैयाँ कारोबार भएको छ ।

सो अवधिमा रियल टाइम गेट सेटलमेन्ट (आरटीजीएस) को माध्यममार्फत सबैभन्दा बढी २९ खर्ब ८३ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ ।