ललिता निवास प्रकरण : आरोपित १८ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

तु खबर संवाददाता
२०८० भाद्र ४,सोमबार १५:३३

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपितहरुलाई जिल्ला अदालत काठमाडौंले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका संचालक मिनबहादुर गुरुङसहित १८ जनालाई हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई अनुमति दिएका हुन् ।

गत साउन ३१ मा थप भएको म्याद सकिएपछि प्रहरीले म्याद मागेको थियो । ब्युरोले ललिता निवास प्रकरणमा अनुसन्धान पूरा भएको जानकारी दिएको छ ।

सोमबार रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिने सीआईबीले जनाएको छ ।