साउनमा १ खर्ब २९ अर्बको वैदेशिक वस्तु आयात

तु खबर संवाददाता
२०८० भाद्र ६,बुधबार १६:३५
file-photo

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को साउन महिनामा नेपालले १ खर्ब २९ अर्ब रुपैयाँभन्दा धेरैको वैदेशिक वस्तु आयात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा १ अर्ब २९ अर्ब रुपैयाँको वस्तु आयात भएको हो ।

विभागका अनुसार यो गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा १.५६ प्रतिशतले न्यून हो । गत आर्थिक वर्ष २०७९/०८० मा विदेशबाट १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँको आयात भएको थियो ।

यस्तै, यस अवधिमा नेपालबाट १३ अर्ब ५२ करोड रुपैयाँको निर्यात भएको छ । नेपालबाट हुने निर्यातमा समेत ८.६५ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको साउनमा नेपालबाट १४ अर्ब ८० करोड रुपैयाँको निर्यात भएको थियो । विभागको तथ्यांक हेर्दा आर्थिक वर्षको पहिलो महिना आयात र निर्यात दुबै घटेको हो ।