राष्ट्र बैंकले आज १० अर्बको ऋणपत्र जारी गर्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र आज जारी गर्ने भएको छ ।
सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । भदौं ११ गते जारी गर्ने गरी बैंकले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बोलकबोल गर्ने भएको हो ।
बैंकका अनुसार, इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।
कूल १० अर्ब रुपैयाँमध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धात्मक र १५ प्रतिशत, १ अर्ब ५० करोड रुपैयाँ विना प्रतिस्पर्धा प्रणालीबाट बिक्री गरिनेछ ।
विकास ऋणपत्र खरिदकर्ताले प्रत्येक ६/६ महिना अर्थात् अर्धवार्षिक रुपमा ब्याज पाउनेछन् ।