दार्चुलामा आत्मदाह प्रयास गरेकी महिलाको ज्यान गयो
धनगढी । दार्चुलामा शरीरमा मट्टीतेल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको ज्यान गएको छ ।
आइतबार घरमा कोही नभएको बेला शरीरमा आगो लगाएकी शैल्यशिखर नगरपालिका–५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको ज्यान गएको प्रहरीले जनाएको छ ।
दार्चुला प्रहरीका अनुसार, गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै उनको ज्यान गएको हो ।
उनको आत्महत्याको कारण भने हाल नखुलेको र घटनाको बारेमा आवशयक अनुसन्धान भइरहेको जनाइएको छ ।