बैँकहरु नफामुखी मात्रै हुने कि सेवामुखी पनि ?

तु खबर संवाददाता
२०७४ माघ ५,शुक्रबार १३:४०

बैँकहरुमा तरलता सहज भए बढि ब्याजदर लिई अनुत्पादक क्षेत्रमा लगानी बढाउने र बढि नाफा कमाउने दाउमा रहँदा समग्र बित्तिय क्षेत्रमा असन्तुलनको स्थिीती सृजना भएको छ

–ऋषिराम ढकाल
सानो अर्थतन्त्र भएको हाम्रो जस्तो मूलूकमा आर्थिक उदारीकरण पश्चात विभिन्न किसिमका उतारचढावहरु आए । सरकारी स्वामित्वमा रहेका ३ वटा बैँकहरु र तत्पश्चात खुलेका निजी क्षेत्रको स्वामित्व भएका निजी बैँकहरु मार्फत सर्वसाधारणले विभिन्न किसिमका सेवा सुबिधाहरु त पाए तर सेवा सुबिधाहरु कस्ता रहे भन्ने कुराको यथार्थ चित्रण बिगतका केहि बर्षहरुबाट देखिएको अस्थिर बैकिङ प्रणालिले देखाईरहेको छ । गत बर्षका केहि बित्तिय असन्तुलनका घटना क्रमले सर्वसाधारणले मात्र नभई अनूगमन तथा निर्देशन गर्ने निकायले समेत विभिन्न किसिमका बाधा ब्यबधानहरु ब्योहोरी रहेको तितो यथार्थ सवैका सामू छर्लङ्ग भैरहेको छ ।

यद्यपि बैकिङ क्षेत्रजस्तो संवेदनशिल क्षेत्रलाई अनूगमन तथा नियन्त्रण गर्ने निकाय नेपाल रास्ट्र बैँकले बेला बेलामा बित्तिय उपकरणहरु मार्फत यस क्षेत्रलाई जोगाई राख्न गरेको पहल र तरलता अभावलाई कम गर्न जारी गर्ने रिपो र रिपो दर समेत बेला बेलामा परिवर्तन गरी समय सापेक्ष बनाउन खोजीरहेको देखिन्छ ।

बैँकहरु आफूले मनोमानी ढंगले नाफामा मात्र अभिपे्ररित भई सोहि वमोजीमका बित्तिय क्रियाकलापमा मात्र संलग्न हुने, आफू अनूकूलका नीति तथा कार्यक्रमहरु निर्माण गर्न राष्ट्र बैँकलाई दवाव दिने जस्ता कामहरु प्छिल्लो समय देखिएका उदाहरणहरु हुन् । बैँकहरुमा तरलता सहज भए बढि ब्याजदर लिई अनुत्पादक क्षेत्रमा लगानी बढाउने र बढि नाफा कमाउने दाउमा रहँदा समग्र बित्तिय क्षेत्रमा असन्तुलनको स्थिीती सृजना भएको छ भने उता तरलताको अभावमा राष्ट्रले लगानी र बिकास गर्नूपर्ने क्षेत्र उत्पादन मूलक उद्योग, ब्यबसाय, कृषि क्षेत्र तथा बिपन्न बर्ग ऋण सेवाबाट बन्चित हुन पुगेको बर्तमान अवस्था छ । आर्थिक स्थायीत्व हासिल गर्न देशमा मूल्य बृद्धि तथा मुद्रा प्रदायमा हुने अस्वभाविक बृद्धिलाई रोक्न जरुरी छ । यस कार्यमा बँैक तथा बित्तीय संथाहरुले राष्ट्र बैँक तथा समग्रमा नै सरकारलाई सहयोग गर्नूपर्ने हुन्छ ।

बैँकहरुले आफ्नो नाफा कमाउने ध्याउन्नलाई मात्र नहेरेर देश बिकासमा अहम भूमिका खेल्ने उद्योग कलकारखाना तथा उत्पादनशिल क्षेत्रहरु पहिल्याई ब्यबसायिक कृषिमा समेत लगानी गर्नु आजको आवश्यकता हो । यसले बैकहरुको नाफामा केहि कमि होला तर उत्पादनमा बृद्धि भई रोजगारी श्रृजना हुने तथा कूल गा्रहास्थ उत्पादनमा समेत बृद्धि भई समग्रमा आर्थिक रुपान्तरणमा सहयोग पूग्न जाने हुन्छ । नेपालमा स्थानीय निकायको चुनाव पश्चात देश संघियतामा जाँदै गर्दा नेपाल राष्ट्र बैँकको बाध्यकारी ब्यबस्थाले गर्दा बैँक तथा बित्तिय संस्थाहरु पनि स्थानिय निकायमा जादै छन् । यस बाट स्थानीय क्षैत्रमा रहेका घरेलू तथा साना उद्योगहरु र ब्यबसायिक स्थानीय कृषि उत्पादनका क्षेत्रहरुले समेत बैकिङ सेवा प्राप्त गर्ने अवसर पाउँदै छन् । स्थानिय क्षेत्रले यस अवसरलाई उपयोग गर्दे बैकिङ सेवाको पहूँचलाई बृद्धि गर्दै लैजानुपर्ने देखिन्छ भने बैकिङ क्षेत्रले पनि उक्त अवसरलाई लगानी तथा सेवामा अभिबृद्धि गरी समग्र रुपमा आर्थिक रुपान्तरणमा सहयोग गर्दे जानुपर्ने देखिन्छ ।

अशिक्षा र बित्तिय साक्षरताको अभावले गर्दा धेरै जसो ब्यक्तिहरु बैकिङ च्यानलसम्म आउन नै हिच्किच्याउछन् । बैँकहरुले अशिक्षालाई कम गर्न नसकेपनि बित्तिय साक्षरतालाई भने चाहेमा केहि कमि ल्याउन सक्दछन् । नेपाल राष्ट्र बैँकले हालैको निर्देशन वमोजीम बैकहरुले आफ्नो नाफाको केहि रकमबाट अनिवार्य रुपमा बित्तीय साक्षरतालाई बढावा दिनूपर्ने प्रावधान ल्याएको छ । जसले गर्दा बैँकहरुलाई बाध्यकारी अवस्था श्रृजना भएको छ भने सर्वसाधारणलाई बैँकिङ प्रति केहि बुझ्न र कारोवार गर्न सहज हूने अनूमान गरीएको छ ।

बित्तीय क्षेत्रले तरलता अभाव झेलिरहेको बर्तमान अवस्थामा बैँकहरुले बिभिन्न फरक फरक क्षेत्रहरुमा लगानी बृद्धि गरी न्यायोचित नाफा कमाउने र सर्वसाधारणर्कोे निक्षेप संकलनमा बिबिधिकरण गरी छरिएर रहेको स–सानो बचतहरु संकलन गरी निक्षेप सूरक्षित गर्दै उत्पादनमूलक क्षेत्रहरुलाई प्राथमिकता दिन जरुरी देखिन्छ । यसबाट संकलित बचत उत्पादनमूलक तथा कृषि क्षेत्रमा परिचालन हून सक्दछ । आम्दानीका क्षेत्रहरुमा बृद्धि नगरीकन गरीवी निवारण हून सम्भव हुँदैन तसर्थ बैकिङ क्षेत्रले स्थानीय स्तरमा पनि आम्दानी हुने श्रोतहरुमा सहजै लगानी गरी पिछडिएका क्षेत्रको बिकासमा सद्भाव पुर्याउनुका साथै सर्वसाधरणले पाउने सेवाहरुमा परिष्कृत गर्दै सेवालाई अझ फराकिलो र बिश्वसनिय बनाउनु आजको आवश्यकता देखिएको छ ।
(लेखक श्री ऋषिराम ढकाल राष्ट्रिय बाणिज्य बैँक शाखा कार्यालय हेटौँडाका आठौँ तहका शाखा प्रबन्धक हुनुहुन्छ ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*