ललिता निवास प्रकरण : १० जना प्रतिवादीको बयान सकियो

तु खबर संवाददाता
२०८० भाद्र १३,बुधबार १७:५२

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये १० जनाको बयान सकिएको छ ।

काठमाडौं जिल्ला अदालतमा जारी बयानमा बुधबारसम्म १० जनाको बयान सकिएको सो अदालतका सुचना अधिकारी दिपक दाहालले जानकारी दिए ।

उनका अनुसार, सोमबार दुई जना, मंगलबार तीन जना र बुधबार ५ जनाको बयान सकिएको हो । यद्यपि क–कस्को बयान सकिएको हो भन्ने विषयमा भने खुलाइएको छैन ।

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि थुनाबाहिर राखेर मुद्दा लड्न पाउने भन्ने सम्बन्धमा बयान जारी छ । बयान सकिएपछि अदालतमा थुनछेक बहस हुनेछ ।