ट्रेजरीमार्फत २० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

तु खबर संवाददाता
२०८० भाद्र १७,आईतवार १८:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

बैंकले भदौ १९ गते मंगलबार नवीकरण गर्ने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको कूल २० अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो ।

पुरानो ट्रेजरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले पुनः ट्रेजरी नवीकरणका लागि दरखास्त दिन सक्नेछन् ।

केन्द्रीय बैंकका अनुसार मंगलबार नवीकरण हुने ट्रेजरीको सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको समय भित्र आवेदन दिन सक्नेछन् ।