भौतिक पूर्वाधारद्वारा ५५ उपसचिव र ६ अधिकृतको सरुवा

तु खबर संवाददाता
२०८० भाद्र २७,बुधबार १८:०४
file-photo

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एकैपटक ६१ उपसचिव र अधिकृत स्तरका प्राविधिक कर्मचारीहरुको सरूवा गरेको छ ।

मन्त्रालयले ५५ जना उपसचिवस्तरका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) र ६ जना अधिकृत स्तरका डिभिजनल इन्जिनियरहरुको सरुवा गरेको हो ।

सडक विभाग अन्तरगत काम गरिरहेका डिभिजन प्रमुखदेखि विभिन्न आयोजनाका प्रमुख र इन्जिनियरहरुको सुरुवा भएको हो ।