अट्वारी पर्व अवसरमा सार्वजनिक विदा दिने
दाङ । लुम्बिनीमा प्रदेश सरकारले थारु समुदायले मनाउने अट्वारी पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ । सरकारले उक्त पर्वको अवसरमा यही भदौ ३१ गते आइतबार सार्वजनिक विदा दिने भएको हो ।
प्रदेश सरकारले बिहीबार सूचना जारी गर्दै प्रदेशका तीन जिल्लाका थारु समुदायलाई सार्वजनिक विदा दिने जनाएको हो ।
२०७९ चैत्र १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा दाङ्ग, बाँके र बर्दियाका सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिन दिइने जनाइएको छ ।