माधवको झलनाथप्रति चित्तदुखाइ

तु खबर संवाददाता
२०८० आश्विन ४,बिहीबार १८:०६
file-photo

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालबीच सम्बन्ध चिसिएको छ ।

अध्यक्ष नेपालले पछिल्लो समय नेता खनालप्रति चित्त दुखाउन थालेका छन् । पार्टीभित्रका कुरा बाहिर भन्दै हिँडेको भन्दै नेपालले खनालप्रति चित्त दुखाएका हुन् ।

बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले खनालको व्यवहारप्रति रोष प्रकट गरे ।

खनालले नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक अभिव्यक्ति दिएका थिए । खनालले नेपालले जारी गरेको अपानि खतरनाक रहेको बताएका थिए ।

नेपालले खनाल पार्टी हितविपरीत लागेको टिप्पणी पनि गरे । ‘पार्टीभित्र अनेकौँ समस्याहरु हुन्छन्, ती समस्याहरु पार्टीले नै हल गर्छ । बाहिर गीत गाएर हिँड्ने होइन’, उनले भने ।