नेपालद्वारा विविएनजे सम्बन्धी सम्झौतामा हस्ताक्षर

तु खबर संवाददाता
२०८० आश्विन ४,बिहीबार २०:४९
तस्बिर : प्रदिपराज वन्त

न्यूयोर्क । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी नेपालका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसंघले प्रस्ताव गरेको सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

राट्रसंघको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालका तर्फबाट साउदले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौताले पृथ्वीमा समुद्र र जमीनको भुभाग ३० ३० प्रतिशत कायम गर्ने अवधारणालाई कार्यान्वयन गर्दछ । यो सम्झौतामा विश्वभरिका राष्ट्रले २०२५ सेप्टेम्बर २० सम्ममा हस्ताक्षर गर्नुपर्ने समयसीमा निर्धारण गरिएको छ ।