सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिने

तु खबर संवाददाता
२०८० आश्विन ९,मंगलवार १६:३६
file photo

काठमाडौं । सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिने भएको छ । चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गर्ने दुई देशबस्च सहमति भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा दुई देशीय व्यापार, पारवहन तथा कूटनीतिक सहमतिसँगै पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूमा समेत सम्झौता भएका छन् ।

नेपालको पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक आदान–प्रदान गर्ने गरी दुई देशबीच भाषा, संस्कृतिको आदानप्रदान गर्नुका साथै नेपालमा चिनियाँ पर्यटक भित्र्याउन सहकार्य गर्ने समेतको सहमति भएका छन् ।