इराकमा विवाह स्थलमा आगलागी, १०० जनाको मृत्यु

काठमाडौं । इराकमा एक वैवाहिक समारोहमा आगोलागी हुँदा एक सय जनाको मृत्यु भएको छ भने १५० जनाभन्दा बढी घाइते छन् ।
इराकको उत्तरी निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा मंगलबार राति स्थानीय समय अनुसार १०ः४५ बजे यो घटना भएको हो ।
आगलागीको कारण भने खुलेको छैन । यद्यपि पटाका पड्काएपछि आगो लागेको अनुमान गरिएको छ ।
इराकको नागरिक सुरक्षा निर्देशनालयका अधिकारीहरुले विवाह स्थल निर्माणमा कमसल खालका सामग्री प्रयोग गरिएकाले आगो तीव्ररुपमा फैलिएको र धेरै क्षति भएको बताएका छन् ।