दुई सातादेखि बन्द हेटौंडा सिमेन्ट उद्योगको पुनः उत्पादन सुरु
मकवानपुर । करिब दुई सातादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले आजबाट पुनः उत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीको केही उपकरणहरु बिग्रीएर बन्द रहेको सिमेन्ट उत्पादन पुनः आजबाट सुरु गरेको हो ।
ती विभिन्न उपकरणहरुको मर्मत सम्हार र थप उपकरणहरु जडान गरिएपछि सिमेन्ट उत्पादन सुरु गरिएको हेटौंडा सिमेन्ट उद्योगका नायव महाप्रबन्धक नविनकुमार कणले जानकारी दिए ।
नेपाल सरकारद्वारा २०३३ सालमा स्थापना गरिएको हेटौंडा सिमेन्टले वि.सं. २०४३ साल मंसिरबाट व्यवसायिक रुपमा उत्पादन गरिँदै आएको छ ।
उक्त उद्योगले सिमेन्ट उद्योग उत्पादन बन्द गरेको भएपनि उद्योगको भण्डारणमा रहेको सिमेन्टको प्याकिङ लगायत विभिन्न शहरहरुमा सिमेन्टको आपूर्ति गरिरहेको थियो ।