उडान नियम उल्लंघन गर्ने २ कम्पनीका हेलिकप्टर उडानमा रोक

तु खबर संवाददाता
२०८० आश्विन ११,बिहीबार १७:१७
file-photo

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लंघन गर्ने दुई कम्पनीका हेलिकप्टरको उडानमा रोग लगाएको छ ।

लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने हेलिकप्टर उडाएपछि दुई कम्पनीका ‘एएस ३५० बी३ई’ मोडलका हेलिकप्टरको उडानमा बिहीबारदेखि नै प्रतिबन्ध लगाइएको हो ।

यसरी प्रतिबन्ध लाग्ने कम्पनीमा श्री एयरलाइन्स र फिस्टेल एयरका हेलिकप्टर रहेका छन् । यी कम्पनीले भिजिबिलिटी १ सय मिटर समेत नभएको अवस्थामा समेत ‘भीएफआर’ नियम मिच्दै हेलिकप्टर उडाएपछि प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि हेलिकप्टर उडानमा रोक लगाउने निर्णय गरेको हो ।

यी कम्पनीका पनि अन्य मोडलका हेलिकप्टरको उडानमा भने रोक नलगाइएको प्राधिकरणले जनाएको छ ।