इन्द्रजात्रा हेर्न हनुमानढोका पुगे राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको ऐतिहासिक इन्द्रजात्रा अवलोकनका लागि हनुमानढोका पुगेका छन् ।
इन्द्रजात्रामा बिहीबार तल्लो टोल (बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै बसन्तपुरसम्म) मा रथयात्रा हुनेछ ।
रथयात्रा सुरु हुनु अगाडि राष्ट्रपति त्यहाँ पुगेका हुन् ।
यस्तै, उपराष्ट्रपति रामसहाय प्रसाद यादव पनि जात्राको अवलोकन गर्न पुगेका छन् । रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुख सहित विशिष्ट व्यक्तिहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्नेछन् ।