करिब ३ किलो सुनसहित विदेशी नागरिक पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन १३,शनिबार १५:४२

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३ किलो अबैध सुनसहित विदेशी नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ सुनसहित फिलिपिन्सकी महिलालाई पक्राउ गरिएको हो । दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको विमानस्थलका प्रहरी प्रमुख (डीआईजी) अर्जुन चन्द ठकुरीले बताए ।

उनले भने,‘बरामद भएको सुन झण्डै तीन किलो छ । दुबईबाट काठमाडौं आएकी फिलिपिन्सकी महिला सुनसहित समातिएकी छिन् । हामी थप अनुसन्धान गरिरहेका छौँ ।’