अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि…

काठमाडौं । पोखराका लागि आज बिहानै उडेका दुई वटा विमान काठमाडौं नै फर्किएका छन् ।
त्रिभुवन विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन् ।
बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल स्रोतले बतायो ।