बानिँयाले फेरी भने : हेटौंडा प्रदेशको स्थायी राजधानी यसकारण बन्छ (हेर्नुहोस भिडियो सहित)

तु खबर संवाददाता
२०७४ माघ ७,आईतवार १७:४४

मकवानपुर ७ माघ । नेपाली काँग्रस मकवानपुरका प्रदेशसभा सदस्य एवं पुर्व गृहराज्य मन्त्री ईन्द्र बहादुर बानिँयाले प्रदेशको राजधानी हेटौैंडा बनाउँन उपयुक्त रहेको र नेपाल सरकारले अस्थायी राजधानी घोषणा गरेर निकैनै राम्रो काम गरेको बताएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अधिदेखि नै मकवानपुरको हेटौंडालाई प्रदेश राजधानी बँनाउनको लागि आवाज उठाउँदै आएका बानिँयाले तु खबर संग भने “ हामिले हेटौंडालाई अस्थायी राजधानी बनाउँनको लागि सरकारलाई ठुलो दवाव शिजर्ना गरेका थियौं । जुन हामि स्थायी बनाउँनको लागि पनि निरन्तर गर्ने छौं , प्रदेश सभाको सदस्यहरु संग लभिङ् गरेर हेटौंडा लाईनै प्रदेशको राजधानी बनाँउन लागि पर्छौं ” ।

३ नम्वर प्रदेशका अन्य जिल्लाहरु भन्दा भौतिक संरचनाको हिसाबले पनि मकवानपुर उपयुक्त रहेको उनको भनाई छ । हेटौंडामा सवारी जाम कम रहेको , नेपालको ठुलो आर्थिक केन्द्र्र बिरगञ्ज भन्सार नजिक रहेको , राजमार्गहरु पनि जोडिएको , भोतिक संरचना निर्माणको लागि आवश्यक स्थान भएका कारण पनि मकवानपुरनै प्रदेशको राजधानी हुने कुरामा प्रदेशसभाका सदस्यहरु संग छलफल गर्दा सकारात्मक प्रतिक्रिया आएको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*