नेपालगञ्जको कर्फ्यु आंशिक रुपमा हटाइयो
![](https://www.tukhabar.com/wp-content/uploads/2023/10/dao-bake.jpg)
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा तीन दिनदेखि लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ ।
जारी सूचना अनुसार, आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु जारी रहने छ । आज बिहानदेखि साँझसम्म कर्फ्यु खुकुलो पारिए पनि निषेधाज्ञा भने जारी छ ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढीभेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।