राष्ट्रपति समक्ष तीन आयोगद्वारा वार्षिक प्रतिवेशन पेश

तु खबर संवाददाता
२०८० आश्विन २५,बिहीबार १७:४०
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष विभिन्न तीन आयोगले वार्षिक प्रतिवेदन पेश गरिएको छ । बिहीबार शीतल निवासमा छुट्टाछुट्टै कार्यक्रमबीच दुई संवैधानिक आयोग र भाषा आयोगले आफ्नो वार्षिक प्रतिवेदन बुझाएको हो ।

लोक सेवा आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा विज्ञ आयोगले संविधानको धारा २९४ बमोजिम आयोगका वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेस गरे ।

त्यस्तै, प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले पनि आयोगको प्रतिवेदन पेश गरे । बिहीबारै भाषा आयोगले समेत राष्ट्रपतिसमक्ष आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आयोगका अध्यक्ष गोपाल ठाकुरले संस्कृति पर्यटनमन्त्री सुदन किरातीसहित आयोगका पदाधिकारीहरुको उपस्थितिमा आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।