भारत लैजाँदै गरेको अवस्थामा ५ जना बालिकाको उद्धार

तु खबर संवाददाता
२०८० आश्विन २६,शुक्रबार ०८:३१
file-photo

बारा । भारततर्फ लैजाँदै गरेको अवस्थामा ५ जना बालिकालाई प्रहरीले उद्धार गरेको छ । करैयामाई गाउँपालिका–१ बाट सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको हो ।

भारतको मोतिहारी, पूर्वी चम्पारण ढाका थाना विक्रमपुर गाउँ बस्ने सत्यव्रत पालको छोरा १८ को कवि कुमार पालले उनीहरूलाई भारत लैजान लागेका थिए । सोही क्रममा भारतीय एक युवकले बालिकाहरूलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय बारामार्फत अभिभावकको जिम्मा लगाइएको हो ।

करैयाँमाई गाउँपालिकाबाट १३ वर्षीय १ जना १४ र १६ वर्षका २–२ जना वालिका एकसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए ।

बालिकाहरूको फोटोसहित प्राप्त सूचनापछि परिचालित प्रहरीले विभिन्न विधिबाट खोजतलास गर्ने क्रममा बुधबार अपराह्न विरगजंमा बालिकाहरू फेला परेको हो ।