सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना

तु खबर संवाददाता
२०८० आश्विन २७,शनिबार ०८:५८
file-photo

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा शनिबार बिहान हेलिकप्टर दुर्घटना भएको छ ।

रुम्झाटारबाट लोबुचे जाँदै गरेको मनाङ एयरको एएस ३५०–बी ३ ई हेलिकप्टर बिहान करिब ७ः३० बजे दुर्घटनामा परेको मनाङ एयरका निर्देशक राजु न्यौपानेले जानकारी दिए ।

निर्देशक न्यौपानेका अनुसार, हेलिकप्टर लोबुचेमा अवतरण (ल्यान्ड) गर्ने क्रममा दुर्घटनामा परेको हो ।

हेलिकप्टरमा अन्य यात्रु नभएकोमा चालक, क्याप्टेन प्रकाश सेढाईं गम्भीर घाइते भएको र उनाई हेलिकप्टरमार्फत काठमाडौंको ह्याम्स हस्पिटल ल्याइँदै गरेको न्यौपानेले बताए ।