घुस लिएको आरोपमा नापीका कर्मचारी पक्राउ
झापा । सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जना पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र विचौलिया उमेश यादवलाई पक्राउ गरेको हो ।
अख्तियार आयोगले एक लाख २५ हजार घुस रकमसहित उनीहरुलाई भद्रपुरबाट पक्राउ गरेको हो ।
अख्तियार आयोगका अनुसार, जग्गा कित्ताकाट गरेबापत उनीहरुले सेवाग्राहीसँग घुस रकम मागेको विशेष सूचनाका आधारमा अख्तियारको टोली झापा आएको थियो ।
भद्रपुर नगरपालिका– ७ स्थित विचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद रु ७० हजार र ५५ हजारको चेकसहित रु एक लाख २५ हजार घुस रकम लिइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी कार्यालय पठाइएको जनाएको छ ।