थाहा नगरमा आगामी मंसिर १४ गतेदेखि महोत्सव हुने
मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले आगामी मंसिर १४ गतेदेखि थाहा महोत्सव आयोजना गर्ने भएको छ ।
स्थानीयस्तरमा उत्पादिन वस्तु बजारीकरण गर्ने र उत्पादक तथा उपभोक्ताबीच सीधा सम्पर्क गर्ने उद्देश्यले महोत्सको आयोजन संघका अध्यक्ष पुरुषोत्तम ढकालले जानकारी दिए ।
आर्थिक मन्दीका कारण समस्यामा रहेको अवस्थामा महोत्सव संचालन गरी आर्थिक गतिशीलता बढाउने पनि महोत्सवको लक्ष्य रहेको उनले बताए ।
उनका अनुसार, मंसिर १४ गतेदेखि २५ गतेसम्म संचालन हुने छन् । यसका लागि संघले मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट महोत्सवका लागि स्वीकृति पनि लिइसकेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले थाहा नगरपालिका, आन्तरिक राजश्व कार्यालय, स्थानीय सुरक्षा निकायसँग समन्वय गरी चौथो थाहा महोत्सव २०८० संचालन गर्न अनुमति दिएको उनले बताए ।