राष्ट्रपतिले विजया दशमीको दिन २ देखि ५ बजेसम्म टीका लगाइदिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको अवसरमा विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने भएका छन् ।
राष्ट्रपति कार्यालयबाट बिहीबार जारी प्रेस विज्ञसप्त जारी गर्दै शीतलनिवासमा कार्यक्रम रहेको जानकारी गराएको हो ।
राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
कार्यालयले टीका ग्रहण गर्न आउँदा मर्यादित पोशाकमा आउन सबैलाई अनुरोध गरेको छ ।