मंगलबार सुनको भाउ घट्यो, चाँदीको बढ्यो

तु खबर संवाददाता
२०८० कार्तिक १४,मंगलवार १५:३०

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ घटेको जनाएको छ । महासंघका अनुसार, आज सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

भाउ घटेसँगै मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुनको भाउ तोलामा १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि हिजो छापावाल सुनको भाउ तोलामा १ लाख १६ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेको छ । भाउ बढेसँगै आज चाँदीको प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदीको प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।