हेटौंडामा नवजात शिशु भेटियो

तु खबर संवाददाता
२०८० मंसिर १,शुक्रबार ०९:०३
file photo

मकवानपुर । मकवानपुरको हेटौंडामा बिहीबार साँझ अन्दाजी ६ बजेको समयमा नवजात शिशु भेटिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित प्रदेश लोक सेवा आयोग कार्यालय नजिकै भर्खरै जन्मेको जस्तो देखिने नवजात शिशु (छोरी) भेटिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, नवजात शिशुलाई हिजो नै उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।

ती नवजात शिशु  कस्ले र किन छाड्यो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।