हेटौंडामा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइयो

तु खबर संवाददाता
२०८० मंसिर ३,आईतवार १७:५२

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा छठ पर्व मनाइएको छ । सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्व हेटौंडामा पनि मनाइएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित राप्ती तडमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको हो ।

छठ पर्वको मूख्य दिन आज छठमा व्रत बसेका ब्रतालुहरु राप्ती तडमा पुगेका थिए । छठ पर्वको रौनक हेर्न भक्तजनहरूको समेत बाक्लो भिड रहेको छ ।

छठ पर्वको अवसरमा पूजास्थलमा हुने भिडलाई नियन्त्रण गर्न प्रहरी, स्काउट र स्वयं सेवकहरुको खटिएका छन् ।

यस्तै, भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइएको छ ।