हेटौंडामा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरियो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वमो समापन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित राप्ती तडमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न गरिएको हो ।
हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका ब्रतालुले आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन् । उनीहरु रातभर जाग्राम बसेका थिए ।
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइएको छ ।