मानवसेवा आश्रमको मेची–महाकाली अभियान सम्पन्न
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्यालय रहेको मानवसेवा आश्रमको राष्ट्रिय मेची–महाकाली अभियानसम्पन्न भएको छ ।
मानवसेवा आश्रम र आनिछोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा भएको ४० दिने उक्त अभियान सोमबार एक कार्यक्रमबीच सम्पन्न भएको हो ।
संघीय राजधानी काठमाडौंमा भएको कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यता रहेको थियो ।
मानवसेवा आश्रमका प्रदेश संयोजक होमनाथ पौडेलले सो अभियानको क्रममा ३ सय २ जना सडक मानिसको उद्दार गरिएको बताए ।
सडकबाट उद्दार गरिएकामध्ये ९० जना महिला, २०१ जना पुरुष, ७ जना बालक र ४ जना बालिका रहेको उनले बचाए ।
सो टोलीले हेटौंडाबाट २१ जना, रानिवनबाट ५८ जना, चितवनबाट १२ जना, ललितपुरबाट ५ जना, भक्तपुरबाट १ जना, हेम्जाबाट ३६ जना, छोरेपाटनबाट ३ जना, गोरखाबाट ३ जना, वागलुङबाट १ जना लमजुङबाट २ जना, तिलोत्तमाबाट ३१ जनाको उद्दार गरिएको हो ।
यसैगरी, सुख्खानगरबाट १ जना, दाङबाट १४ जना, नेपालगंजबाट ८ जना, सर्लाहीबाट १३ जना, जनकपुरबाट २१ जना, वीरगन्जबाट १० जना, विराटनगरबाट ५१ जना, सुर्खेतबाट ३ जना र धनगढीबाट ८ जना सडक मानवको उद्दार गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।
उनका अनुसार, उद्दार भएकामध्ये २ जनाको भने परिवारिक पुनर्मिलान गरिएको छ ।