प्रधानमन्त्रीले पुष १० गते राष्ट्रको नाममा सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । उनले तस्रो पटक प्रधानमन्त्री भएपछि एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा पारेर पुष १० गते राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने बताए ।
‘मैले तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको पुस १० गते एक वर्ष पुरा हुँदैछ । यो बिचमा मैले सुशासन, सामाजिक न्याय र सम्मृद्धिको पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालको प्रतिष्ठा बढाउन धेरै भूमिका खेलेको छु’, प्रचण्डले भने, ‘यो एक वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठुलो सम्बोधन गर्दै छु । ’
उनले सम्बोधनमा सबै कुरा उल्लेख हुने भन्दै अर्को वर्ष आफ्नो नेतृत्वको सरकारले नयाँ ढङ्गले काम सुरु गर्ने पनि बताए ।