सुनको भाउ बढ्यो

तु खबर संवाददाता
२०८० पुष ८,आईतवार १७:३१

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।