चीन–किर्गिस्तान सीमामा ७.२ म्याग्निच्युडको भूकम्प
काठमाडौं । चीन–किर्गिस्तान सीमा क्षेत्रमा सोमबार राति ११ बजेर ३९ मिनेटमा शक्तिशाली भूकम्प गएको छ ।
दक्षिणी सिनजियाङमा केन्द्रविन्दु बनाएर ७.२ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
भूकम्पबाट धेरै भवनहरू भत्किएका छन् भने धेरै मानिस घाइते भएका छन् । भूकम्पपछि ४० वटा परकम्प पनि गइसकेका छन् ।
भूकम्पको सबैभन्दा बढी प्रभाव उरुम्की, कोरला, काशगर, यिनिङमा महसुस भएको थियो । एजेन्सी