बुधबार पनि नेप्सेमा गिरावट

तु खबर संवाददाता
२०८० माघ १०,बुधबार १६:२८

काठमाडौं । आज साता कारोबारको चौथो अर्थात बुधबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

मंगलबार झिनो अंकले ओरालो लागेको नेप्से बुधबार पनि घट्न पुगेको हो । आज नेप्से १०.२५ अंकले घटेर २०८८ विन्दुमा पुगेर रोकिएको हो ।

यसअघि मंगलबार ०.४० अंकले घटेर २०९८.२९ को विन्दुमा पुगेर रोकिएको थियो ।

यस्तै, आज एक करोड १० लाख ४९ हजार ९४९ कित्ता शेयर किनबेच भएको छ भन तीन अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।

बुधबार बैंकिङ र म्युचुअल फण्ड उपसमूह सामान्य रुपमा बढ्दा अन्य सबै उपसमूह राताम्य भएको छ ।