चिनियाँ उपमन्त्री सुन हेयान नेपाल भ्रमणमा आउँदै
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेपाल भ्रमणमा आउने भएकी छन् । उनी शुक्रवार बंगलादेश हुँदै चार दिने नेपाल भ्रमणमा आउने भएकी हुन् ।
मालदिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले आज त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् ।
उपमन्त्री हेयान नेतृत्वको टोली शुक्रवार ११ः३० नेपाल आइपुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार नेपालमा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर विभिन्न दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।